विहान दुईवटा मालवाहक वाहनहरु ठोक्किदा सडकमा धेरै बेरसम्म जाम

  Рет қаралды 15

Hamro Khabar

Hamro Khabar

9 күн бұрын

राष्ट्रिय राजमार्ग 10 अन्तर्गत कालीझोडा नजिक आज विहान दुईवटा मालवाहक वाहनहरु ठोक्किदा सडकमा धेरै बेरसम्म जाम भएको थियो।
यद्यपि घटनामा कसैलाई चोटपटक नलागेको जानकारी आएको छ । विहान 6 बजिदेखी ठूला वाहनहरुलाई राजमार्गमा कुदने अनुमती दिइएको हुनाले विहान हतार गरेर वाहनहरु चलाचल हुँदा यस्ता दुर्घट्नाहरु प्राय हुन थालेको देखिएको छ।
विशेष गरि कालेबुङ जिल्लापालद्वारा हिजो एउटा आदेश जारी गर्दै सेती झोडादेखि रम्फूसम्म ठूला वाहनहरुलाई बेलुकी 6 बजिदेखी विहान 6 बजिसम्म चलाचल निषेध गरिएको थियो। जसले गर्दा सेतीझोडा अनि रम्फूमा ठूला वाहनहरु रातभरी थुनिएर बस्नु परेको थियो।
आज विहान 6 बजि जस्तो निषेध खोलियो, वाहनहरु तैंछाड कि मैछाड गरेर कुद्न थाले । फलस्वरूप कतिपय ठाउँमा वाहन ठोकाठोक हुनका साथै धेरै ठाउँ घण्टौसम्म सडक जामको स्थिती उत्पन्न भएको देखियो।
जसले गर्दा साना ठूला सबै प्रकारका वाहन लगायत बसका यात्रीहरुलाई निक्कै मार्का परिरहेको छ।

Пікірлер
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 74 МЛН
Final muy inesperado 🥹
00:48
Juan De Dios Pantoja
Рет қаралды 19 МЛН
Reality of Narendra Modi | How Indians were Fooled! | Dhruv Rathee
27:51