No video

वृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८०

  Рет қаралды 67

Emerge Infosys

Emerge Infosys

Күн бұрын

All are delighted to welcome and participate in the event 'वृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८०', taking place at Karuna Marga, Banepa-8, Kavre, from the 4th to the 7th of Falgun, 2080.
पृष्ठभूमी
वाग्मती प्रदेशका जिल्लाहरुमध्ये काभ्रेपलाञ्चोक जिल्ला समग्र कृषि एवं पशुजन्य उत्पादन (खाद्यान्न, तरकारी, दुध तथा मासुजन्य) र बजारमुखी उत्पादनको दृष्टिले अग्रणी जिल्लाको रुपमा मानिन्छ।जिल्लाको प्रमुख खाद्यान्न उत्पादनमा मकै, आलु, धान तथा तरकारी र फलफूल उत्पादनमा समेत उल्लेखनिय स्थान ओगट्ने जिल्लाहरुमा पर्दछ।सुन्तलाजातका फलफूल, मह, च्याउ, अलैची, कफी जस्ता नगदे बाली पनि यी जिल्लाहरुमा उत्पादन हुने गर्दछ।त्यसैगरी पशुजन्य उत्पादनमा दुध एवं मासु जन्य उत्पा,दन तथा वजारीकरणमा समेत यस जिल्ला प्रदेशका अग्रणी जिल्लाको रुपमा रहेको छ।जिल्लाका यी उत्पादनले आफ्नो आवश्यकता पूरा गरेर अरबौ रुपैँयाको कृषि उपजहरु जिल्ला बाहिर समेत निर्यात गरेको पाइन्छ।
सञ्चालित विविध कार्यक्रमहरुको माध्यमबाट कोभिड-१९ का कारण उत्पन्न भएको चुनौती र अवसरहरुलाई सामना गर्दै कृषि कार्यको व्यावसायिकरण, यान्त्रीकरण, श्रम परिचालन र आधुनिकिरणमार्फत रोजगारी सिर्जना एवं उत्पादकत्त्व अभिवृद्धि समेत हुँदै गएको छ।जिल्लाका विभिन्न स्थानीय तहमा कृषकहरुले उत्पादन गरेका बाली एवं वस्तुहरु एवं उत्पादनका लागि आवश्यक सामग्री औजार, उपकरणहरु तथा विकसित प्रविधि प्रसार सम्वन्धि अन्तरक्रिया सहितको वृहत कृषि महोत्सव आयोजना गर्दा हेर्न आउने दर्शकहरुलाई पनि व्यावसायिक कृषि उत्पादनमा आकर्षित गर्न सकिन्छ।"देखेपछि विश्वास बढ्छ" भन्ने वास्तविकताको आधारमा कृषकहरुद्वारा उत्पादित कृषि उपजहरु तथा आवश्यक सामग्री, औजार, उपकरणहरु प्रदर्शनमा राखेर उनीहरुबीच प्रतिस्पर्धासमेत गराई दर्शकहरुलाई नविनतम् प्रविधिको प्रसारमार्फत उत्पादन एवं उत्पादकत्व अभिवृद्धि गर्नका लागि जिल्ला समन्वय समितिको संयोजनमा बनेपा नगरपालिका, जिल्लास्थित कृषि ज्ञान केन्द्र तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्राविधिक संयोजन तथा सवै स्थानिय तहहरुको प्रत्यक्ष सहभागितामा वृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० आयोजना गर्न उपयुक्त हुने हुँदा उल्लेखित सवै निकायहरुसँगको समन्वय एवं सहकार्यमा कृषि महोत्सव कार्यक्रम सञ्चालन गरिनेछ।यो अवधारणा पत्र जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको वोर्ड वैठकबाट स्विकृत एंव अनुमोदन भई महोत्सव संचालन एंव आयोजना सम्वन्धी कार्यहरु गर्न थालनि गरिएको छ।
यस महोत्सवको उद्देश्यहरु निम्नानुसार रहेका छनः
• कृषकहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरुको महोत्सवमा सहभागि गराइ कारोवारमा वृद्धि ल्याउने,
• कृषकहरुलाइ आवश्यक पर्ने प्रविधि, उत्पादन सामग्री एवं औजार उपकरणहरुको प्रदर्शनीमार्फत कृषकहरु बिचमा विकसित नयाँ प्रविधि एवं सामग्री औजार उपकरणहरुप्रति आकर्षण वढाइ उत्पादन लागत घटाउने,
• दर्शक/कृषकहरुलाई प्रोत्साहित गर्न नयाँ नयाँ उन्नत प्रविधिहरु बारे जानकारी गराउनुका साथै नयाँ प्रविधि अपनाई नसकेका दर्शक/कृषकहरुलाई समेत नयाँ तथा उन्नत प्रविधि अपनाउन प्रोत्साहित गर्ने,
• जिल्लामा उत्पादन हुने बाली एवं पशुपन्छीहरुको व्यावसायिक उत्पादन, प्रशोधन एवं बजारीकरणका बारेमा कृषकहरु विच जानकारी जानकारी प्रवाह गर्ने,
• कृषकहरुको मनोवल उच्च राख्न व्यावसायिक कृषकहरुलाई उत्कृष्टताको आधारमा कदर गर्दै सम्मान गर्ने ।
कार्यक्रमको आयोजना सम्वन्धि व्यवस्थापकिय पक्ष
जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकको संयोजन, बनेपा नगरपालिका, कृषि ज्ञान केन्द्र एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, काभ्रेपलाञ्चोकको प्राविधिक समन्वयमा तथा काभ्रे उद्योग वाणिज्य संघको आर्थिक व्यवस्थापनमा जिल्लास्थित सवै स्थानिय तहको प्रत्यक्ष एवं सक्रिय सहभागितामा महोत्सव सञ्चालन गरिनेछ।महोत्सवलाई उद्देश्य अनुरुप आयोजना गर्नका लागि जिल्लास्थित कृषिसँग सम्वन्धित अन्य संघ संस्थाहरु क्रमशः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना,कृषि सहकारी संघ, स्थानिय उद्योग वाणिज्य संघ एंव गैह्र सरकारी संस्थाहरुसँगसमेत समन्वय गरि कार्यक्रमलाई थप वृहत वनाउन पहल गरिनेछ।महोत्सवको महिमालाइ थप प्रभावकारी गराउन तथा दैनिक रुपमा कृषि पेशा व्यवसायमा संग्लग्न दर्शकहरुको संख्यामा उल्लेख्य सहभागिता अभिवृद्धि गर्न राष्ट्रियस्तरमा ख्यातिप्राप्त एंव अनुभवि कृषि विज्ञान तथा प्रविधि सम्वन्धि विषय विज्ञहरुसंगको अन्तरक्रियात्मक कार्यक्रम समेत आयोजना गरिनेछ ।
महोत्सवका प्रमुख आकर्षणहरु
• कृषिका उदयीमान नविनतम प्रविधि तथा वित्तिय साक्षरता सम्वन्धि सेमिनार
• सूचना प्रविधिमा आधारित नविनतम प्रविधिहरुको प्रदर्शन
• रैथाने बाली एव प्रविधिहरुको प्रदर्शन
• उन्नत बीउ बिजन यन्त्र औजार उपकरण तथा अन्य उपज एंव उत्पादन सामाग्रीहरुको व्यावसायिक कारोवार
• स्थलगत बाली उपचार शिविर तथा पशु स्वास्थ्य शिविर
• कृषि विमा तथा सहुलियत पुर्ण कर्जा प्रवाह सम्वन्धि छुट्टै स्टलहरु
• रैथाने परिकार हस्तकला एंव होमस्टे सम्वन्धि प्रचार प्रसारात्मक स्टलहरु
आयोजकः
जिल्ला समन्वय समिति, धुलिखेल
बनेपा नगरपालिका, बनेपा
कृषि विकास कार्यालय, धुलिखेल
पशु सेवा कार्यालय, धुलिखेल
काभ्रे उद्योग वाणिज्य संघ, बनेपा
विस्तृत जानकारीको लागिः
जिल्ला समन्वय समिति तथा महोत्सवको मूल आयोजक समितिको सचिवालय कृषि ज्ञान केन्द्र, धुलिखेल
We are always here for you...
Emerge Infosys
011-663099
9801362962 (Viber/Whatsapp/Call)
info@emergeinfosys.com
www.emergeinfosys.com
#KrishiMahotsab #agriculture #agriculturelife #mahotsab #2080 #KarunaMarga #banepa #kavre #Bagmati #nepal #DisctrictCoordinationCommittees #BanepaMunicipality #KavreChamberofCommerceandIndustry #AgriculturalKnowledgeCenterKavre #DepartmentofLiveStockServiceKavre #emergeinfosys

Пікірлер
Вы чего бл….🤣🤣🙏🏽🙏🏽🙏🏽
00:18
天使救了路飞!#天使#小丑#路飞#家庭
00:35
家庭搞笑日记
Рет қаралды 85 МЛН
Loan Scheme of Nawajagaran Saccos
3:36
Emerge Infosys
Рет қаралды 28
Ecological Farming hindi
1:21
Abhivyakti Foundation
Рет қаралды 82