‘योग’ हुन्जेल हामी कोही जागेनौं, ‘योगा’ भएपछि चेत खुल्यो : डा. राजु अधिकारी || Dr. Raju Adhikari ||

  Рет қаралды 6,439

Drishya TV

Drishya TV

Жыл бұрын

वरिष्ठ जीवनशैली प्रशिक्षक तथा योग विज्ञ डा. राजु अधिकारी संस्कारयुक्त शिक्षा भुल्दै गएकाले समाजमा विकृति र विसंगति बढ्दै गएको बताउँछन् । योगको प्रादुर्भाव पूर्वीय मुलुकहरुमा भए पनि त्यसलाई चिनेर व्यवहारमा उतार्न नसक्दा मानवीय समस्या र संकट बढ्दै गएको उनको भनाइ छ ।
पश्चिमी मुलुकले अध्यात्म र योगका वैज्ञानिक पक्षलाई जीवनको अभिन्न अंगका रुपमा विकास गरिसक्दा पनि त्यस्ता विषयप्रति हाम्रो ध्यान जान नसकेको उनको धारणा छ । ‘योग हुन्जेल हामी कोही जागेनौं, योग अपभ्रंस भएर पश्चिमी मुलुकमा योगा भएपछि बल्ल हाम्रो चेत खुल्यो,’ उनी भन्छन् । आधुनिक शिक्षा प्रणालीले संस्कार सिकाउनेभन्दा पनि विद्यार्थीहरुलाई शिक्षाका नाममा अनावश्यक दबाब सिर्जना गरेको डा. अधिकारीको अनुभव छ ।
शिक्षासँगै असल संस्कार दिने उद्देश्यले डा. अधिकारीको अगुवाइमा निकट भविष्यमा नेपाली विद्यार्थीका लागि अनलाइनबाट संस्कार सिकाउने कक्षा सुरु गर्न लागिएको छ । ‘सुरुमा नेपाली विद्यार्थीका लागि अनलाइनबाट साताको दुई दिन संस्कारयुक्त शिक्षासम्बन्धी कक्षा सञ्चालन गरिनेछ, त्यसको केही महिनापछि विश्वभर रहेका नेपालीभाषी विद्यार्थीका लागि पनि यो कक्षा विस्तार गरिनेछ,’ उनी भन्छन् ।
देव संस्कृति विश्वविद्यालय, हरिद्वार, भारतबाट ‘मानव चेतना र योग विज्ञान’ विषयमा विद्यावारिधी गरेका डा. अधिकारी बागमती सफाइ महाअभियानका प्रमुख अभियन्तासमेत हुन् । सरकारी निकायका पदाधिकारी, शिक्षक, विद्यार्थी, उद्यमी-व्यवसायीलगायत हजारौं व्यक्तिहरुलाई उनले योग, खानपान र जीवनशैलीबारे प्रशिक्षण दिइसक्नुभएको छ । खाने कसरी, पिउने कसरी, यस्तो होस् जीवनशैली, जिन्दगी रिल्याक्स प्लिज, आखिर रोज्ने के ? लगायत डा. अधिकारीका विभिन्न जीवनोपयोगी पुस्तकहरु नेपाल, अमेरिकालगायत विभिन्न मुलुकमा समेत लोकप्रिय छन् ।
डा. अधिकारीसँग संस्कार कक्षा, खुसीको विज्ञान, योग-ध्यान र जीवनको अन्तर्सम्बन्धबारे दृश्य टिभीले गरेको कुराकानी प्रस्तुत गरिएको छ । हेर्नुहोस्-भिडियो ।

Пікірлер: 5
@karunasubedi1222
@karunasubedi1222 2 ай бұрын
🙏🙏🙏🙏
@lekhnathbhandari6056
@lekhnathbhandari6056 6 ай бұрын
सवै भन्दा पहिला जव पेट भरिन्छ अनि मात्र शान्ति प्राप्त हुन्छ । खाली पेटमा शान्ति प्राप्त हुदैन । अमूर्त कुराले शान्ति प्राप्त हुदैन ।
@chandrabhandari979
@chandrabhandari979 Жыл бұрын
Sarai gyanbardhak kura yas ko gyan sabai ma hunu parchha
@krishnagiri7475
@krishnagiri7475 Жыл бұрын
वनलाइन नपुगेको ठाउमा नि सर
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 3,5 МЛН
ОДИН ДЕНЬ ИЗ ДЕТСТВА❤️ #shorts
00:59
BATEK_OFFICIAL
Рет қаралды 9 МЛН
КАРМАНЧИК 2 СЕЗОН 7 СЕРИЯ ФИНАЛ
21:37
Inter Production
Рет қаралды 519 М.
Releasing Video Amritam Gamaya AADI ENT CARE Pvt. Ltd.|| Prof. Dr. Deepak Regmi/Dr. Arati Regmi
5:27
AMRITAM GAMAYA AADI ENT CARE Pvt. Ltd.
Рет қаралды 2,2 М.
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 3,5 МЛН