Рет қаралды 29,581
#ArghumPaye #GurungCulture
गुरुङहरुको सस्कृती मध्य अर्घुम ठुलो सस्कृती हो । यो कार्य पित्री कार्य नै हो । तर अरु जातिको र गुरुङ जातिको पित्री कार्यमा धेरै नै भिन्नता छ । गुरुङको पित्री कार्यमा मरेको मान्छेको सातो बोलाउने गर्दछ । यो कार्यमा कसैले लामा प्रयोग गर्दछ भने कसैले पच्यु प्रयोग गर्दछ । कुनै पनि धर्म , सस्कृती , चलनमा प्रमाण खोज्ने होइन कि पुर्खाले के गरेको थियो , पुर्खाले के चाहेको थियो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । तेसैगरी मर्नुभन्दा पहिले मिर्तकले के ईच्छाएको थियो भन्नेकुरा झन महत्त्व हुन्छ ।
गुरुङमा पनि दुई प्रकार तरिकाले अर्घुम गर्ने चलन । एउटामा काटमार गर्दछ । तेसमा पच्यु अनि क्याप्री प्रयोग गर्दछ । मेरो भासामा भन्नुपर्दा तेसबिधिलाई बोन विधि तथा एकपाखे ढ्याङ्रो भन्दछ र अर्को थरिमा लामा प्रयोग गर्दछ । लामाले गर्ने सबै बिधिहरु भोट सभ्यता सग मेल खान जान्छ । कारण उनिहरुको गुरुनै भोट लामा हुन । किनभने बुद्ध नेपालमा जन्मेको भएता पनि बुद्ध धर्म भोटमा बढी बिकास भएको हो ।
Camara - Mimkaji Gurung
Editing - Sudhamsu Gurung