Рет қаралды 1,639
‘जाई कटक नगर्नू, झिकी कटक गर्नू’
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहकाे भनाइकाे हो यो ।
राष्ट्र निर्माण तथा भौगोलिक अखण्डता र स्वाधीनताको रक्षार्थ तत्कालीन शासक युद्ध वा कूटनीतिकाे सहारा लिन्थे। युद्धका लागि हाम्रा पुर्खाले विशेषगरी सामरिक दृष्टिले महत्त्वपूर्ण हुने गढी र किल्लाहरूको निर्माण गरेका थिए।
तिनैमध्येकाे एक हो - सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नम्बर ३ यार्मसिङमा अवस्थित ऐतिहासिक दुगुना गढी।
प्रधानमन्त्री जंगबहादुर राणाको पालामा वि.सं. १९१२ मा तत्कालिन लेफ्टिनेन्ट कर्णेल पहलमानसिंह बस्नेतले निर्माण गराएको यस गढी नेपाल-तिब्बत युद्धका वेला रसद पानी, फौजको लागि भण्डारण, आवास र सुरक्षाको लागि प्रयोग गरिएको थियो।
पछि यही गढीबाट अध्यागमन र भन्सार लगायतको काम पनि गरिन थालियो। यद्यपि, गढी बनिसकेपछि भने यहाँबाट कुनै पनि युद्ध भएन।
लिस्तीकोटबाट तिब्बतको खासा र कुती प्रवेश र त्यहाँबाट नेपालतर्फ आउने अध्यागमन, भन्सार लगायत नियन्त्रण हुँदै आएको थियो। तर युद्धको लागि भने लिस्तीकोटबाट सिधै देखभाल गर्न असम्भव भयो। तोपको मार पनि नपुग्ने भएकोले यो गढी निर्माण गरिएको थियो।
दुगुना गढीबाट भने खासा बजार प्रस्ट देखिन्छ। र तत्कालीन समयमा सामरिक दृष्टिले तिब्बतलाई नियन्त्रण गर्न यो गढी अत्यन्तै महत्त्वको थियो।
त्यसअघि नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहको फौज काठमाडौंको साँखु, सिन्धुपाल्चोकको भोटेचौर, मेलम्ची, नवलपुर, चौतारा, जलवीरे, हगाम, लिस्तीकोट हुँदै दुगुनागढी प्रयोग गरी सीमा क्षेत्रसम्म पुगेको भन्ने इतिहासमा उल्लेख छ।
यस्तै बहादुर शाहको नायवीकालमा एकीकरणको प्रकृयालाई अगाडि बढाउने क्रममा नेपाल-तिब्बत युद्ध समेतमा दुगुनागढीको क्षेत्रकाे प्रयोग भएको पाइन्छ।
दुगुना गढीकाे बाहिरी फेरोको पर्खाल ५६१ हात लामो र भित्री फेरो ५०० हात लामो छ। जग सहित गढीको पर्खालको उचाइ१० हात र चौडाइ ४ हातकाे छ।
Follow Us:
FACEBOOK : @saraldrishya
/ saraldrishya