रवि हिरासत पुगेपछि जिबीको पत्रः ‘रविलाई उन्मुक्ति नदिइयोस्’

  Рет қаралды 2,689

BL nepali

BL nepali

Күн бұрын

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले हिरासतमा गएपछि गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी)ले इमेलमार्फत पत्र लेखेका छन्।
सहकारीका बचतकर्ताको अर्बौं रकम हिनामिना गरी फरार भएका राईकाे पत्र जनआस्था साप्ताहिक पत्रिकालाई प्राप्त भएकाे हाे।
जनआस्थामा प्राप्त पत्रअनुसार राईले नेपाल आएर अनुसन्धानका लागि सघाउन र सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न आफू तयार रहेकाे बताएका छन्।
उनले लामिछानले पुर्पक्षका लागि जेल चलान भएमा आफूलाई नेपाल आउन सुरक्षित महसुस हुनेसमेत उल्लेख गरेका छन्। राईले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानलेलाई उन्मुक्ति नदिन आग्रह गरेका छन्।
‘अहिले रवि आफैं हिरासतमा गएकाले मलाई अब अनुसन्धान सही दिशामा अगाडि बढेमा नेपाल आई आफ्ना कुरा राख्न सहयोग हुनेछ। उनलाई उन्मुक्ती नदिइयोस्। उनी पुर्पक्ष चलान भएमा मलाई नेपाल आउन सुरक्षित महसुस हुनेछ र सबै सहयोग गर्ने र बचतकर्ताको रकम फिर्ता गर्नेछु। राज्यले सहयोग गरोस् १ म सबै बचतकर्ताको रकम बाचा बमोजिम फिर्ता गर्न तयार नै छु’, उनले पत्रमार्फत भनेका छन्।
रवि हिरासत पुगेपछि जीविको पत्रः
नमस्ते म जिबी राईको तर्फबाट प्रेषित सन्देश,
अहिले सहकारीको विषयमा भएको अनुसन्धानले म खुशी छु। सहकारीको अनुसन्धान यसै दिशामा अगाडि बढे सहजतापूर्वक अनुसन्धानमा सहयोग गर्न छिट्टै आउने छु। त्यो वातावरण बनाइदिनुहोला, जुन कुरा संसदीय समितिलाई पनि मैले सन्देश पठाएको थिएँ।
म सहकारी पीडितलाई रकम फिर्ता गरी आफ्नो बाँकी जीवन सहजताका साथ बिताउन चाहन्छु। त्यो वातावरण राज्यले बनाइदियोस्। अहिले पक्राउ परेका साथीकै कारण मैले अनुसन्धानमा सहयोग गर्न नसकेको हुँ। मेरो डुबेको लगानी गोर्खा मिडियामा मात्रै हो।
लामिछानेजीकै अनेक आइडियाका कारण म अहिलेसम्म पनि उनको पार्टी र व्यक्तिहरुलाई पैसा बुझाएर बसेको छु। यसतर्फ पनि अनुसन्धान गरियोस्। मित्रले मलाई धेरै पटक नेपाल नआउन दबाब, धम्की सबै दिएका हुन्। म गत वर्ष नै अनुसन्धानलाई सघाउन खोज्दा नेपाल आए ज्यान जानसक्ने धम्की दिएका थिए। आफू मातहतमै सबै अनुसन्धान हुने हुँदा केस मिल्ने भन्दै पार्टी र व्यक्तिका नाममा पैसा असुल गरी नै राखे।
शुरुमा मिडियामा लगानी गर्नु अगावै चिनजानपूर्व नै न्युज २४ मा हुँदा धम्की दिएर २ करोड लिएका हुन्। त्यसपश्चात उनका सहयोगी दिपक बोहराले टिभीमा लगानी गर्ने शर्त अगाडि सारेपछि म अगाडि बढेको हुँ। याक एण्ड यतीको बैठकमा स्वयं दिपक र रविले तपाईंसँग सहकारी छ, त्यहाँको पैसा यता लगानी गर्नुस् हामी नाम र दाम पनि दिन्छौं भनेपछि म अगाडि बढेको हुँ। टिभी नचल्ने देखेपछि र राजनीतिमा जान्छु भनेपछि आफ्नो कर्तुत पनि बाहिर आउने डरले अन्तिम एपिसोडमा नभएका कुरा बोले।
केहीपछि तपाईंलाई गाह्रो हुन्छ, मेरो नाम पनि जोडिन्छ, टिभी नै अरुको नाममा राखौँ भनेर युवराज कडेँलको नाम ल्याए। मैले विश्वास नगरेपछि बानियाँ थरका व्यक्तिको नाम अरु कोहीमार्फत उनले नै ल्याए। त्यो प्रस्ताव बानियाँ आफैले नमानेपछि कुरा रोकियो जस्तो लाग्छ। पछि यो कुरा बाहिर आउन थालेपछि म सबै मिलाउँछु जिबीजी किन आत्तिएको भन्दै सधै पार्टी र आफूलाई आर्थिक सहयोग मागिरहे।
उपनिर्वाचनको बेला अमेरिकामा रहेका मोहन थापालाई ५ करोड हुण्डी गर्न लगाए। मैले मोहनलाई ५ करोड रविका लागि भनी पठाएँ। पछि पनि अमेरिकामा रहेका उनै बानियाँ थरका व्यक्तिलाई मोहनलाई पैसा पठाउन भन्थे। बानियाँ थरका व्यक्तिले पैसा लिन सधैँ नकारे पनि रवि अघिल्लो गृहमन्त्री रहुन्जेल करिब १२ करोड मैले मोहनलाई पार्टीको लागि भनेर सहयोग पठाएँ।
जापानमा डिपीका अर्का अर्याल थरकै व्यक्तिलाई पनि ३ करोड पठाएँ। मोहनले रवि पत्नीको नाममा उक्त रकम अमेरिकाबाट नेपाल पठाउँथे। र, केही रकम रविका अर्का सहयोगी विपिन आचार्यलाई पनि पठाएको स्लिप मेरो मान्छेलाई पठाएका छन्।
उनले दिपक बोहरामार्फत केस अगाडि जाँदैन, तपाईं नेपालचाहिँ नआउनु कतै केहि नबोल्नु भनेर धम्काउने र तर्साउने गरे। अहिले रवि आफैं हिरासतमा गएकाले मलाई अब अनुसन्धान सही दिशामा अगाडि बढेमा नेपाल आई आफ्ना कुरा राख्न सहयोग हुनेछ। उनलाई उन्मुक्ती नदिइयोस्। उनी पुर्पक्ष चलान भएमा मलाई नेपाल आउन सुरक्षित महसुस हुनेछ र सबै सहयोग गर्ने र बचतकर्ताको रकम फिर्ता गर्नेछु। राज्यले सहयोग गरोस् १ म सबै बचतकर्ताको रकम बाचा बमोजिम फिर्ता गर्न तयार नै छु।
For more videos like this subscribe to our channel.
/ @breaknlinksnews8483
Connect With Us -
Facebook : / breaknlinksnp
Twitter : ho...
Instagram : / breaknlinks
© BL Media Pvt. Ltd. 2020
Note: This video is uploaded to BL Media Pvt. Ltd. by acquiring all necessary copyrights. Uploading to other websites and KZbin channels is strictly prohibited, embedding is allowed.
#breaknlinks #rabilamichhane #gbrai #sahakari

Пікірлер: 16
@kapilpokharel6275
@kapilpokharel6275 19 күн бұрын
यस्लाइ एमाले काङ्ग्रेस ले प्रलोभन देखाइसक्यो ।। मौखिक आधारमा कसैले कसैलाइ दोष लगाउन मिल्छ भने खड्गे शेरेनी जेल जानू पर्ने हैन र ??
@nirmaladulal5256
@nirmaladulal5256 19 күн бұрын
Gagane saag ho...Ravi dai baagha ho janta ka ravi Jay ravi ❤❤ 🔔
@JoyalTamang-j2g
@JoyalTamang-j2g 18 күн бұрын
यदि यो कुरा साच्चै हो भने सरकारले जिविलाई सुरक्षाको जिम्मा लिएर किन नेपाल झिकाउन सक्दैन ?बेक्कारमा तिम्रो षड्यन्त्रको चक्रव्युह कस्ले बुझ्दैन?
@Sanovairai
@Sanovairai 18 күн бұрын
अब त झनै स्पस्ट हुन्छ रास्वपा लाई सिध्याउने कत्रो षड्यन्त्र गरिदै रैछ भन्ने, देश कब्जामा राखेर लुट्ने दलाल मिडिया, दलाल व्यापारी, कांग्रेस कम्युनिस्टकाे दलाल नेताहरु र बिचाैलिया बुद्धिजीवी विश्लेषक भन्नेहरु पुरै लागिपरेका रैछन, ल जनता सचेत हुनुपर्छ अन्तिम लडाइँ लडेर जित्नै पर्छ। चाहे ज्यान किन नजाअाेस🔔🔔
@MatrikaBhattarai-q7h
@MatrikaBhattarai-q7h 18 күн бұрын
दिने चाँही को होला?
@UmeshMalla-k7w
@UmeshMalla-k7w 19 күн бұрын
Good
@manbahadurbk2424
@manbahadurbk2424 19 күн бұрын
के बोलेको पत्रकार नि शते तते बोलनु पर्छ हाव! नियुज
@bukeshmudbari2037
@bukeshmudbari2037 19 күн бұрын
यो रवीजीलाई फसाउने सडयन्त्रहो ।
@nirmaladulal5256
@nirmaladulal5256 19 күн бұрын
Vrastachari lukaune oli sarkar murdabad
@ConfusedLawnGame-ex4dc
@ConfusedLawnGame-ex4dc 18 күн бұрын
Meleamotpchhhc jana aasta ko katrnak khal ho
@deokabharati1563
@deokabharati1563 19 күн бұрын
yo patra paune le GB kata cha vane ta tha hola kina na samatako nee yo pani kasko jal jhal hodai cha
@JoyalTamang-j2g
@JoyalTamang-j2g 18 күн бұрын
Feri arko sadyantra..
@ARJUNPANDEY-er4rp
@ARJUNPANDEY-er4rp 18 күн бұрын
Chor ho patra payo ta manche pakad (chop)manche lai sadaune Kam garchas.chor yeslai ni jel halnu parcha jhuto news deko ma
ROSÉ & Bruno Mars - APT. (Official Music Video)
02:54
ROSÉ
Рет қаралды 328 МЛН
HELP!!!
00:46
Natan por Aí
Рет қаралды 55 МЛН
Человек паук уже не тот
00:32
Miracle
Рет қаралды 4 МЛН
VP Conclave (Panel Discussion)-29th September, 2024
4:29:08
IIT Kharagpur Official
Рет қаралды 2,4 М.
माउन्टेन समाचार
Mountain TV
Рет қаралды 24