Рет қаралды 19,706
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस अहिलेको सत्ता समीकरण कमजोर बनाउन र आफू सत्तामा पुग्न अनेकौं चाल चलिरहेको छ । अहिलेको समीकरण बन्नै नदिन सुरमा रास्वपा, एकीकृत समाजवादी साथै मधेशकेन्द्रीत दलहरुलाई फकाएको कांग्रेस अहिलेपनि सत्तामा जान दाउ हेरेर बसेको छ । सत्ता समीकरण कमजोर बनाउन रास्वपालाई गलाएर सत्ताबाट निकाल्ने रणनीति चालेको कांग्रेस अहिले भने रास्वपालाई फकाउन तर्फ अघि बढेको छ । रास्वपाका केही सांसदहरु समेत कांग्रेससँग मिलेर अघि बढ्ने सोचमा छन् भने कांग्रेस नेताहरुले पनि रास्वपासँग सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन्
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZbin channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal